Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

माओबादी केन्द्र काभ्रेको भवन निर्माणार्थ जापानबाट आर्थिक सहयोग पठाईयो

loading views..
Nepal Telcome

सन्दिप सुनार धअसार १३,टोकियो।  काभ्रे जिल्ला नेकपा माओबादी केन्द्रको भवन निर्माणार्थ जापानबाट आर्थिक सहयोग संकलन गरी पठाईएको छ ।
जापानमा रहेका माओबादी केन्द्र समर्थक तथा शुभचिन्तकहरुबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी ३ लाख ५९ हजार २ सय रुपैंया पठाईएको हो ।
नेकपा माओबादी केन्द्र एशिया प्रदेश सचिवालय सदस्य तथा नेपाली जनप्रगतिशील मञ्च जापानका पूर्व अध्यक्ष हवलचन्द्र लामाको संयोजकत्वमा संकलित आर्थिक सहयोग आजै नेपाल पठाइएको हो ।
संकलित रकम जापान मनी एक्सप्रेस (जेएमइ) मार्फत रेमिट्यान्स गरी सम्बन्धित निकायमा पठाईएको संयोजक लामाले बताए । सामाजिक कार्यका लागि भन्दै जेएमइले सेवा शुल्क मिनाहा गरेको बताईएको छ ।
उक्त अभियानमा आकर्षक सहयोगराशी प्रदान गर्नेहरुमा नेपाल तामाङ समाज जापानका अध्यक्ष कारसाङ तामाङ १ लाख ५५ हजार ५ सय ५५ येन, कुलमान लामा ३० हजार, हवलचन्द्र लामा ३० हजार येन लगायत छन् ।
यस अभियानमा आर्थिक सहयोग गरी ऐक्यबद्धता जनाउने सहयोगी सबैप्रति संयोजक लामाले धन्यबाद ब्यक्त गर्दै पठाईएको रकमको सहि सदुपयोग हुनेमा आफु ढुक्क रहेको बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link