Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

मानव तस्करको आरोप लागेका समिर लामा पक्राउ

loading views..
Nepal Telcome

सन्दीप सुनार

टोकियो। गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान र ओसाकाको एक कम्पनीको कागजपत्र दुरुपयोग गरी अबैध रुपमा बिभिन्न मान्छेलाई जापान भित्र्याउने समिर लामा काठमान्डौबाट पक्राउ परेका छन ।
गत १८ तारिख भिजिट भिषामा जापान प्रबेश गरेका लामाले गैर कानुनी रुपमा नेपालीहरुलाई जापान प्रबेश गराइ रकम असुल्ने गरेको समाचार बहिरिएको थियो ।
तिनै ब्यक्तिहरुलाई जापान प्रबेश गराउनका लागि एनआरएनए जापानको लेटर प्याडको समेत दुरुपायोग गरेको खुलेपछि एनआरएनए जापानले बिज्ञप्ती र पत्रकार सम्मेलन मार्फत अनुसन्धान गरी कार्वाहीका लागि आग्रह गरेको थियो ।
पत्रकार सम्मेलनमा समिरले एनआरएनए र ओसाकामा रहेको एक कम्पनीको कागजपत्र दुरुपायोग गरेको स्विकार समेत गरेका थिए ।
एनआरएनए जापानको रोहबरमा समिरलाई नेपाल पठाउन कोसिस गर्दा पनि पहिलो प्रयास असफल भएको थियो । पहिलो पटक नारिता बिमानस्थलबाट भाग्न खोजेका उनलाई नियन्त्रणमा लिएर सोमबार नेपाल पठाइएको थियो ।
‘उसलाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेका छौं’ मानव बेचबिखन सेलका एसएसपी ओम रानाले भने ’अब बाँकी कुरा अनुसन्धान पछी मात्रै थाहा होला ।’
समिर पक्राउ परेको सुचना आफुले पनि पाएको एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले जानकारी दिए । ‘पहिलो पटक नेपाल पठाउन खोज्दा बोर्डिङ पास भैसकेपछी उनी भाग्न खोजेका थिए ’निउरेले भने ’दोश्रो पटकको प्रयासमा नेपाल पठाउएका थियौँ ।’
पक्राउ परेका लामालाई मानब बेचबिखन, कागजपत्र किर्ते, मानब तस्करी लगायतका अभियोगमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ |

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link