Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

बिद्यालयमा हाजिरी गराई दिन शिक्षकको माग

loading views..

बिद्यालयमा हाजिरी गराई दिन शिक्षकको माग
अर्जुन काफ्ले÷स्याङ्जा समाचारदाता
स्याङ्जा, साउन २२ गते । वालिङ नगरपालिका १३ की शारदा गैह्ेले अर्जुन चौपारी १ को पञ्चकन्या माबिमा हाजिर गराई दिन माग गर्नु भएको छ ।
गाउँ पालिकाकाले खटाएको पञ्चकन्या माबिमा हाजिरी हुन नपाउदाँ मानसिक रुपमा असर परेको भन्दै शिक्षा बिकास तथा समन्वय इकाई प्रमुखलाई हाजिरीको लागि सहजिकरण गराई दिन निबेदन मार्फत गैह्ेले माग गर्नु भएको हो ।
शिक्षा सेवा आयोग २०८० मा प्राबि तृतिय तह नियुक्ति लिएर गैह्े पहिलो चरणमा चण्डीडाडाँ आधारभुत बिद्यालयमा पुग्नु भएको थियो ।
वडा नं ३ को चण्डीडाँडा आधारभूत विद्यालयको तह घटुवा हुदाँ गैह्ेको वडा नं १ को पञ्चकन्या माविमा पालिकाले सरुवा गरेको थियो ।
पालिकाले गत बैशाख १६ गतेको निर्णय अनुसार जेठ १ गतेबाट पञ्चकन्यामा गैह्ेलाई खटाएको थियो । पालिकाले खटाएको तीन महिना पुग्नै लाग्दाँ पनि गैरेलाई पञ्चकन्याका प्रधानाध्यापक बिष्णु तिवारीले हाजिर गर्न आनाकानी गर्नु भएको हो ।
गत जेठ १ गतेबाट गत असार ९ गते सम्म गाउँपालिकामा हाजिर गरेको बताउदै गैह्ेले बिद्यालयमा अहिले सम्म हाजिर नगरेको बताउनुभयो ।
गैह्ेले शिक्षा बिकास तथा समन्वय प्रमुखलाई हाजिरीको सहजिकरण गरिदिन अनुरोध गर्नु भएको छ ।
शिक्षा बिकास इकाई, शिक्षा तथा मानब श्रोत बिकास केन्द्र सोनोठिमी र गाउँपालिका शिक्षा शाखाँलाई बोद्धार्थ राखेर सहजिकरणको माग गर्नु भएको हो ।
चण्डीडाँडा आधारभूत विद्यालयले रमाना दिएपश्चात पञ्चकन्या मावि हाजिरीको लागि विद्यालय र पालिकामा चक्कर लगाउँदा विद्यालयले हाजिर हुन नदिएको गैह्ेले बताउनुभयो ।
दरबन्दी मिलान गर्ने क्रममा पञ्चकन्या माविमा कार्यरत शिक्षक भोजराज अर्याल दीपज्योति आधारभूत विद्यालय आरुचौर पदस्थापन भएको र खाली ठाउँमा गैह्ेलाई सरुवा गरिएको थियो ।
गैह्रेलाई व्यक्तिगत हठका प्रअ तिवारीले अर्याललाई रमाना पत्र नदिएको र गैहेलाई हाजिर नगराउनु भएको बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष फणी नारायण अर्यालले बताउनुभयो ।
शिक्षकलाई नियमानुसार हाजिर गराउन प्रअलाई निर्देशन गरेको बताउदै व्यवस्थापन समिति अध्यक्ष अर्यालले आलटाल गरी शिक्षकलाई मनोवैज्ञानिक असर पर्नेगरी लामो समयसम्म जिम्मेवारी नदिई राख्दा आफू दुःखी भएको बताउनुभयो ।
दरबन्दीमा शिक्षक हुँदाहुँदै अर्को शिक्षकलाई हाजिर हुन नदिने बताउँदै थप दरबन्दीको पत्र पाएमा हाजिरी गर्ने बताउनुभयो ।
पत्र आफुकहाँ आइनसकेको बताउदै समन्वय इकाई परमुख बिश्वराज आचार्यले आएपछि अवस्था हेरेर अगाडि बढ्ने बताउनुभयो ।

तस्बिर
अर्जुन काफ्लेल्

loading views..

arrow प्रतिक्रिया दिनुहोस्