Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

सनराइज बैंकको डेपुटी सिईओमा आरती राज्यलक्ष्मी राणा

loading views..
Nepal Telcome

काठमाडौं। सनराइज बैंक लिमिटेडको डेपुटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन्। बैंकको संचालक समितिको सोमबार बसेको बैठकले राणालाई नियुक्त गरेको हो। राणा यसअघि सोही बैंकमा डेपुटी जेनेरल म्यानेजर (डिजिएम) मा कार्यरत थिइन्। राणा १४ महिनाअघि सनराइज बैंकमा नियुक्त भएकी थिइन्।

राणासँग नेपालको बौंकिङ क्षेत्रको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव रहेको छ। उनले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, कर्पोरेट लेण्डिङ, ब्रान्च म्यानेजमेण्टलगायतका विभागमा रहेर काम गरीसकेकी छन्। उनले भारतको पुनेबाट माष्टर अफ बिजनेस फाइनान्समा (एमबीए) गरेकी हुन्।

एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंकका विभिन्न तहमा रहेर काम गरेकी राणा अनुभवी बैंकर हुन्। उनी ग्लोबल आइएमई बैंकमा एजीएम थिइन्। राणको बैंकिङ क्षेत्रमा दुई दशकको अनुभव रहेको बताइएको छ। कर्पोरेट क्षेत्रमा राम्रो पहिचान बनाएकी राणा पछिल्लो समय सनराइजमा डेपुटी जनरल म्यानेजर थिइन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link