Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखामा डेङ्गी राेकथाम तथा खाेज र नष्ट गर्ने अभियान सञ्चालनमा

loading views..
Nepal Telcome

गोरखा। सिरानचाेक गाउपालिकाकाे आर्थिक तथा प्राबिधिक सहयाेगमा र नेपाल रेडक्रस साेसाईटि हर्मि उपशाखाकाे समन्वयमा डेङ्गाे राेकथाम तथा खाेज र नष्ट गर अभियान सन्चालन भएकाे हाे । सिरानचाेक गाउपालिका वडा न ३ का वडा अध्यक्ष जगदिश्वर ढकालकाे अध्यक्षतामा यस्ताे अभियानकाे सुरुवात हर्मिबाट भएकाे हाे ।
देशभरिकाे आकडामा गाेरखा जिल्लामा सङ्क्रमण बढेकाे र गाेरखामा सिरानचाेकमा धेरै न‌ै डेङ्गाे राेगिहरु भेटिए पछि गाउपालिका स्वास्थ शाखाकाे प्राबिधिक सहयाेगमा यस्ताे कार्यक्रमकाे आज सिरानचाेक ३ हर्मीबाट सुरुवात  गरिएकाे गाउपालिका स्वास्थ शाखा प्रमुख टुकमान श्रेष्ठले बताउनु भयाे। डेङ्गाे राेग राेकथाम तथा नियन्त्रणका लागि सराेकार वला सबै सङ्ग छलफल तथा अन्तरक्रिया गरिएकाे हाे ।
डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया तथा खोज र नष्ट गर अभियान सञ्चालन भएको छ। डेङ्गि राेग नेपालमा पहिलाेपटक २००४ सालमा नेपालमा बिदेशी बिरामीबाट भेटिएकाे स्वास्थ शाखाप्रमुख श्रेष्ठले जानकारि दिनु भयाे । याे राेग लामखुट्टेकाे टाेकाईबाट सर्ने भएकाे कारण लामखुट्टे बस्ने ठाउलाई नै नष्ट गर्नु पर्ने पनि श्रेष्ठको भनाइ छ । हाम्रो घरबरिपरि पानी जम्ने खाल्टा खुल्टिहरु भए पुरिदिनु पर्ने खालि तथा फुटेका भाडाहरु, ,थाेत्रा टायरहरु जस्ता भाडामा लामखुट्टेले फुल पार्ने भएकाे हुदा त्यस्ता ठाउहरु पहिचान गरि नष्ट गर्नु पर्ने पनि बताउनु भयाे । याे राेगलागेमा ज्वराे आउने शरीर दुख्ने, खानमन नलाग्ने जस्ता लक्षणा देखिन्छन । कसै कसैलाई अत्याधिक ज्वराे आउने शरिरकाे जुन सुकै भागबाट रगत बग्ने जस्ता लक्षण देखिने पनि श्रेष्ठले जानकारि दिनु भयाे । यस्ताे कार्यक्रम यस वडाबाट सुरु भएकाे भए पनि गाउपालिकाे सबै वडाहरुमा सन्चालन हुनेछ ।
कार्यक्रममा बाेल्दै वडा अध्यक्ष तथा सामाजिक शाखा प्रमुख जगदिश्वर ढकालले याे अभियान हर्मिबाट सुरु भएकाे र हर्मिकाे साबिककाे सबै वडाहरुमा सन्चालन गरिने पनि जानकारि दिनु भयाे । हर्मिमा अब हुने यस्ताे कार्यक्रमले सबै टाेलकाे स्वास्थ आमा समूह स्वास्थ स्वयमसेबिका स्वास्थ कार्यलय तथा नेपाल रेडक्रस साेसाईटिकाे सम्युत्त रुपमा सन्चालन हुने छ । जनप्रतिनिधि, कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख, सबै बिध्यालयकाल प्रधानाध्यापक , बिब्यस तथा सि अ स , ईप्रका हर्मि, बुद्धिजीवी लगायतकाे उपस्थित रहेकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link