Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

बुटार पुल उद्घाटन

गोरखा जिल्लाको गण्डकी र चितवन जिल्लाको इच्छाकामना गाउँपालिका जोड्ने

loading views..
Nepal Telcome

गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिका र चितवन जिल्लाको इच्छाकामना गाउँपालिका जोड्ने त्रिशुली नदि माथिको पूल निर्माण सम्पन्न भएसँगै आज उद्घाटन भएको छ ।
गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले उत्तर तर्फबाट र इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पश्चिम तर्फबाट पुलको उद्घाटन गरेका हुन् । पुल उद्घाटन पछि दुवै गाउँपालिका अध्यक्ष पुलको वीचमा भेट भएर हात मिलाएका थिए। गोरखा हुँदै चितवनको ठोरी सम्म नुन लिन जाने पुरानो बाटोको रुपमा रहेको बुटार क्षेत्रमा पुल निर्माणको प्रक्रिया २०५८ सालमा थालिएको स्थानीय टोप बहादुर श्रेष्ठले बताए ।

पक्की पुल निर्माणको ठेक्का लागेपनि १५ वर्ष सम्म पक्की पुल निर्माण नभएपछि नेपाल सरकार र ब्लू इनर्जी कम्पनीको सँयुक्त प्रयासबाट बेलिब्रिज निर्माण भएको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारि दिए ।

पुल निर्माणसँगै गोरखा र चितवनका नागरिकहरुको दैनिक जीवनमा सहज भएको स्थानीय सिताराम रसाइलीले बताए ।
हिँजोका दिनमा केही समान वारी पारी गर्नुपर्दा प्रति केजी दुई रुपैयाँ लागत बढी लाग्थ्यो अवदेखि सो लागत नलाग्ने र गाउँघरबाट नै सवारीले सामग्री उठाउने उनले बताए ।

पुल बनेसँगै गोरखाको ताङ्लीचोक, दरबुङ, घैरुङ, ताक्लुङ, मकैसिङ, बोर्लाङ, बुङ्कोट, नामजुङ, फुजेल लगायतका धादिङ जिल्लाका पश्चिमी क्षेत्रका मानिसहरुलाई आउन जान सजिलो हुनेछ । सडकमार्ग भएर मनकामना जाने मानिसहरुको लागि समेत यो बाटो सजिलो हुने गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले बताइन ।

स्थानीय नागरिकहरु, राजनैतिक दल, विकास प्रेमी नागरिक, नेपाल सरकार सबैको सहयोगमा पुल निर्माण गर्न सकिएको ब्लु इनर्जी कम्पनीका प्रमुख निरञ्जन रेग्मीले बताउनुभयो । पुलको निर्माण सिइ कम्पनीले गरेको हो । ११५.९८ मिटर लम्वाई रहेको पुलको क्षमता २० टन रहेको छ । बेलिब्रिज निर्माणसँगै पक्की पुल निर्माणको काम समेत अघि बढ्ने गण्डकी गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link