Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

विहानैदेखि वर्षा, यी क्षेत्रमा छ भारी वर्षाको सम्भावना

loading views..
Nepal Telcome

काठमाडौँ, भदौ २७ गते । केही दिनयता मनसुनी वर्षा रोकिए जस्तो भए पनि मनसुन सकिएको छैन। एक वा दुई दिन घाम लाग्ने र फेरि अर्को एक/दुई दिन वर्षा हुने प्रवृत्ति दोहोरिरहेको छ। मनसुनी प्रणाली सक्रिय गराउन जलवाष्पको आवश्यकता बढ्दा प्राकृतिक प्रणाली अनुसार नै कहिले घाम कहिले पानीको प्रवृत्ति बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार पूर्व, पश्चिम र सुदूरपश्चिमसम्म नै बुधबारदेखि फेरि बदली सुरु भएको । दुई दिनयता घामछायाको अवस्थापछि छ। भएको हो। बुधबार अपराह्नदेखि देशव्या देशव्यापी बदली सुरु भएको हो।

बुधबार हल्का वर्षा भए पनि बिहीबार र शुक्रबार लुम्बिनी र सुदूरपश्चिका धेरै भूभगमा मुसलधारे वर्षाको सम्भवना रहेको उहाँले बताउनुभयो। साथै बागमती र गण्डकी प्रदेशका केही भेगमा भारी वर्षाको सम्भावना रहेको छ ।

करिब एक महिना मनसुनको समय बाँकी रहे पनि मनसुनी प्रणालीको वेग कम भएको छैन। नेपालमा यो वर्ष बढी वर्षा हुने आकलन यसअघि नै भएको थियो। त्यसैले पनि मनसुन उत्तरार्धतिर लागेको छनक मौसमबिदले नदिएको महाशाखाले जनाएको छ। अबको केही दिन देशका विभिन्न स्थानमा हुने भारी वर्षाले निम्त्याउन सक्ने बाढीपहिरो, डुबानलगायतका विपत्तीबाट आम नागरिकको जिउधन जोगाउन पूर्वतयारी गर्न सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link