Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

खड्ग ओलीको ठाडो आदेशमा महिला नेतृ रामकुमारी झाक्री गिरफ्तार:प्रचण्ड

loading views..
Nepal Telcome

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्।

पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए। प्रचण्डले भने, ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो। यो लोकतन्त्र माथिको आक्रमण हो।’

प्रहरीले झाँक्रीलाई हिजो नै पक्रन खोजेपनि आफूहरुको जोड बलले पक्राउ गर्न नसकेको उनको दाबी थियो। प्रचण्डले भने, ‘पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो। हामीले नपक्रन जोड गरेका थियौं। तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा पक्राउ गरेको भन्नेछ।’

आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको उनले बताए। ओलीले आफ्ना समूहका नेतालाई पक्राउ गर्न सुरु गरेकाले त्यसविरुद्ध आन्दोलन सशक्त बनाउने उनको भनाई थियो। ‘उनीहरुले कहाँ प्रहार गर्न खोजेको छ त्यो त देखियो नी। लोकतन्त्र माथि ताला लगाउने काम भएको छ,’ उनले भने।

यसबारेमा आफूले निर्णय गर्ने पनि उनले जानकारी दिए। राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link