Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गगन थापाद्वारा उद्दारमा ढिलाइ र रात्रि बस दुर्घटनाको छानबिनको माग

loading views..
Nepal Telcome

काठमाडौं, १६ असोज। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालै नख्खु र धादिङमा भएका दुःखद घटनाहरुको गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार थापाले उद्धारमा भएको ढिलाइ र रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरे।

थापाले धादिङको झ्याप्ले खोलामा शनिबार राति पहिरोले चार सवारी साधन पुरिदा ३५ जनाको मृत्यु भएको घटनामा निर्णय कार्यान्वयन नगर्ने दोषीलाई कारबाहीको माग गरे। साथै, नख्खुमा बाढीले चार जनालाई बगाएको घटनामा पनि सत्यतथ्य छानबिन गरिनुपर्ने उनले बताए।

महामन्त्री थापाले सरकारले निर्णय गरेको भए पनि बसहरु रातिमा किन सञ्चालन भइरहेको थियो भन्ने प्रश्न उठाएका छन्। उनले यस विषयमा सरकार, प्रहरी प्रमुख वा अन्य जिम्मेवार अधिकारीहरुले जवाफदेही बन्नुपर्ने बताए।

थापाले यस्ता घटनामा नेतृत्वदायी तहले कमजोरी स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै, मुख्यसचिव एकनारायण अर्यालको आलोचना गरे, जसले बाढीपहिरोको विपत्तिमा पनि गृहजिल्लामा सम्मान ग्रहण गरिरहेको आरोप लगाए।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link