Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गण्डकी विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यास: प्रदेशको शिक्षा क्षेत्रमा नयाँ अध्याय

loading views..
Nepal Telcome

पोखरा, २० असोज। गण्डकी प्रदेशको शैक्षिक क्षेत्रमा अर्को कोशेढुङ्गा थपिएको छ। पोखरा ३२ मा शनिबार गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको शिलान्यास गर्दै प्रदेशको पूर्ण लगानीमा सञ्चालित यस विश्वविद्यालयले आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसलाई आधुनिक, व्यावहारिक र नयाँ प्रविधियुक्त थलोको रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए ।

पूर्व मुख्यमन्त्री खगराज अधिकारीले उच्च शिक्षामा नयाँ ढंगबाट प्रारम्भिक चरणमा भवन प्राप्तिसँगै अबका दिनमा केही नीति परिमार्जन गरी प्रविधिमैत्री विश्वविद्यालयको रुपमा विकास गरी शैक्षिक अनुशासन कायम राख्न सुझाव दिए ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले ऐतिहासिक क्षणमा स्थापना भएको प्रदेश सरकार मातहतको शैक्षिक थलो गण्डकी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने गरी काम गर्न आग्रह गरे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link