Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखामा चाडपर्वमा सतर्क रहन प्रशासनको आग्रह

loading views..
Nepal Telcome

गोरखा, २२ असोज।आउँदो दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी गोरखा जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनले मंगलबार जारी गरेको सूचनामा चाडपर्वको समयमा चोरी, डकैती, अनलाइन ठगी जस्ता अपराध बढ्न सक्ने भन्दै सतर्क रहन भनेको छ।
प्रशासनले जुवातास, अत्यधिक मदिरा सेवन जस्ता गतिविधिबाट टाढा रहन र अनलाइन ठगीबाट बच्न पनि आग्रह गरेको छ। शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न पनि प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले सर्वसाधारणलाई घरमा एक्लै नबस्न, भीडभाडमा सतर्क रहन र अनावश्यक जोखिम नलिन पनि सुझाव दिएको छ। प्रशासनले सुरक्षित र शान्तिपूर्ण चाडपर्व मनाउन सबैको सहयोग आवश्यक रहेको बताएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link