Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

मनकामना केबुलकार पुनः बन्द हुने, यात्रुको सुरक्षामा जोड

loading views..
Nepal Telcome

गोरखा, २४ असोज। भर्खरै मर्मत सम्भार गरी सञ्चालनमा ल्याइएको मनकामना केबुलकार पुनः बन्द हुने भएको छ। केबुलकारको मुख्य लठ्ठा झोलिएको कारण सो लठ्ठालाई छोट्याउने र स्प्लिसिङ गर्ने कार्य गर्नुपर्ने भएकाले यात्रुको सुरक्षाका दृष्टिकोणले यस्तो निर्णय गरिएको हो।
मनकामना दर्शन प्रालिले जारी गरेको सूचना अनुसार केबुलकार आगामी असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म तीन दिनका लागि बन्द रहनेछ। यस अवधिमा केबुलकारको प्राविधिक टोलीले लठ्ठा मर्मतको काम गर्नेछ।
पछिल्लो समय मनकामना केबुलकारमा प्राविधिक समस्या देखिएपछि यसलाई मर्मतका लागि बन्द गरिएको थियो। केही दिनअघि मात्र यसलाई सञ्चालनमा ल्याइएको थियो। तर, पुनः लठ्ठामा समस्या देखिएपछि केबुलकारलाई पुनः बन्द गर्नुपरेको हो।
मनकामना दर्शन प्रालिले यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाका लागि माफी मागेको छ। प्रालिले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिएको र यही कारणले गर्दा केबुलकार बन्द गर्नुपरेको जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link