Skip to content
Pokharapress Logo
२६ फाल्गुन २०८२, मंगलवार

केपी ओली र मिनबहादुर गुरूङविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा दायर

loading views..

काठमाडौं, १ कात्तिक। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ।
नागरिक समाजका अभियन्ता युवराज सफलले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको माग गर्दै उजुरी दिएका थिए। उजुरीमा गुरूङले एमाले पार्टीको कार्यालयका लागि प्रदान गरेको जग्गा र सो भवनको शिलान्यासमा प्रधानमन्त्री ओलीको संलग्नतालाई भ्रष्टाचारको विषय बनाइएको छ।
अख्तियारले यस उजुरीलाई गम्भीरतापूर्वक लिएको छ र थप अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको छ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्