Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

रास्वपाका दर्जनौँ कार्यकर्ताहरू बालुवाटारबाट पक्राउ

loading views..
Nepal Telcome

काठमाडौं,१३ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दर्जनौँ कार्यकर्ताहरू बालुवाटारमा भएको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेको छ। पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताहरूलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गरेको आरोपमा नियन्त्रणमा लिएको हो।
प्रदर्शनकारीहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही बल प्रयोग गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रहरीले निषेधित क्षेत्र तोकेर प्रदर्शनकारीहरूलाई त्यहाँ प्रवेश गर्न रोक लगाएको थियो।
रास्वपाले भने आफ्ना कार्यकर्ताहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेको दाबी गर्दै प्रहरी दमन भएको आरोप लगाएको छ। पार्टीले यस घटनाको विरोधमा देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी दिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link