Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अजिरकोटमा राष्ट्रपति रनिङ शिल्डको समापन: प्रभा माविको विजय

loading views..
Nepal Telcome

गोरखा,१५ कार्तिक। अजिरकोट गाउँपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रभा मावि, खरिबाेटले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको छ। विद्यालयले कुल १८ पदक (९ स्वर्ण, ५ रजत र ४ कास्य) जितेर प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको हो।
दोस्रो स्थान हासिल गर्ने ज्ञानज्योति मावि, हँसपुरले २० पदक (६ स्वर्ण, ७ रजत र ७ कास्य) जित्दा, तेस्रो स्थानमा रहेको हिमालय मावि, सिमजुङले ४ स्वर्ण पदक प्राप्त गरेको छ।
सोमबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फको भलिबलमा चतुर्माला मावि, मुच्चाेक र पुरुषतर्फको भलिबलमा हिमालय मावि, सिमजुङ विजयी भएको शिक्षा शाखाका कर्मचारी सुदिप थापाले जानकारी दिए।
विजयी खेलाडी र विद्यार्थीलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

गाउँपालिका अध्यक्ष दीपक देवकोटाको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा सहभागीहरूले नाचगान गरी उल्लास हर्षोउल्लास मनाएका थिए।
अजिरकोट गाउँपालिकाले बालबालिकामा लुकेका प्रतिभा प्रस्फुटन गर्न प्रत्येक वर्ष पालिका स्तरीय यस्तो प्रतियोगिता आयोजना गर्दै आएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link