Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, राष्ट्रिय प्रणालीमा थपियो नयाँ ऊर्जा

loading views..
Nepal Telcome

रसुवा, २० कार्तिक। रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न अत्यावश्यक मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, यस प्रसारण लाइनको निर्माण सम्पन्न हुनुले रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन बाटो खुलेको छ। यी दुवै आयोजना हाल सञ्चालनमा छन्।
भौगोलिक रूपमा अत्यन्तै कठिन हिमाली क्षेत्रमा निर्माण गरिएको यो प्रसारण लाइनका लागि प्राविधिकहरू अहोरात्र खटिएका थिए। बाढी, पहिरो, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध जस्ता चुनौतीहरूबीच पनि यो आयोजना समयमै सम्पन्न भएको छ।
यस प्रसारण लाइनको निर्माणसँगै नेपालको विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। साथै, यसले देशको ऊर्जा सुरक्षामा पनि महत्वपूर्ण योगदान पुग्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link