Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण, डेंगु नेगेटिभ पुष्टि

loading views..
Nepal Telcome

काठमाडौं,२१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय भाइरल ज्वरोको संक्रमण भएको छ। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले उनलाई भाइरल ज्वरो भएको पुष्टि गर्दै घाँटीमा पनि संक्रमण देखिएको जानकारी दिएकी छिन्।

डा. शाहका अनुसार मौसम परिवर्तनका कारण यो समस्या उत्पन्न भएको हो। मंगलबार डेंगुको आंशकामा गरिएको रगत परीक्षणमा नेगेटिभ नतिजा आएको बताइए पनि अन्य स्वास्थ्य समस्या नभएको जनाइएको छ।

प्रधानमन्त्री ओलीले चार वर्षअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए, जसका कारण उनको स्वास्थ्यप्रति विशेष ध्यान दिइन्छ। अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link