Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

नेपाल इन्फ्रास्ट्रक्चरको सेयर पहिलो दिन नै १० प्रतिशतले बढ्यो

loading views..
Nepal Telcome

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको माथिल्लो रेञ्ज ३४० रुपेयाँबाट खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य पहिलो दिननै १० प्रतिशतले बढेको छ। सेयर मूल्य ३७४ रुपैयाँ पुगेको छ।

बैंकले गत बिहीबार २० अर्ब रुपैयाँ बराबरको सेयर सूचिकृत गरेको थियो। यसमध्ये ८ अर्ब रुपैयाँ सर्वसाधारणमा बिक्री गरिएको सेयर हो। नेप्सेले ११३.६२ देखि ३४०.८६ रुपैयाँको रेञ्ज दिएको थियो।

बैंकले गत माघ २ गतेदेखि साधारण सेयर निष्कासन गरेको थियो। देशकै पहिलो पूर्वाधार बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो (८ अर्ब रुपैयाँ बराबरको) साधारण सेयर निष्कासन गरेको थियो।

नेप्सेमा बैंकको सेयर बिक्री गर्ने मुस्किलले भेट्टिएका छन्। खरीदका लागि माग उच्च छ। पुर्वाधारलगायतका क्षेत्रमा दीर्घकालिन लगानी गर्ने उद्देश्यले बैंकको स्थापना भएको हो। बैंकमा १० प्रतिशत सरकार र बाँकी निजी क्षेत्रको लगानी छ।

निफ्राको आइपीओ १४ लाख ७५ हजार ८ जनाले पाएका थिए। १० देखि ५० कित्ता सेयर माग गर्नेले माग अनुसार नै सेयर पाएका थिए। यस्तै, ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता भने पुन बाँडफाँट गरिएको थियो। सेयर गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link