Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

अकस्मात बिदामा कर्मचारीको रमाइलो: सिनेमा हल भरिँदा सरकारको निर्णयमाथि प्रश्न उठ्यो

loading views..
Nepal Telcome

काठमाडौं,३ मंसिर।सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिएको छ। तर, बिदाको निर्णय ढिलो गरी सार्वजनिक हुँदा धेरै कर्मचारी कार्यालय पुगिसकेका थिए। यसले गर्दा कर्मचारीहरू घर फर्कन भन्दा  सिनेमा हलमा रमाउँदै बिदा मनाउन पुगेका छन्।
बिहान ९ बजे बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको भए पनि यसको जानकारी साढे ९ बजेपछि मात्र सार्वजनिक भएको थियो। यसले गर्दा धेरै सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरू कार्यालय पुगिसकेका थिए।
अकस्मात बिदा परेको मौका छोपेर धेरै कर्मचारीहरू सिनेमा हलमा पुगेका छन्। बिग मुभिज र क्युएफएक्स जस्ता सिनेमा हलहरूमा आज अस्वाभाविक रूपमा कर्मचारीहरूको भीड लागेको छ। उनीहरूले आफ्नो कार्यालयको पोशाकमै सिनेमा हेरिरहेका छन्।
सरकारको यो निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। धेरैले सरकारको निर्णयलाई हतारको र अपरिपक्व भएको बताएका छन्। उनीहरूले यसले सरकारी प्रशासनमा अनुशासनहीनता बढाउने भन्दै चिन्ता व्यक्त गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link