Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने आशा बढ्यो

loading views..
Nepal Telcome

रेशमबहादुर केसी/पोखरा १३ मंसिर। पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने सम्भावना बढेको छ। विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीको टोलीले पोखराको क्रिकेट रंगशालाको निरीक्षण गरेपछि यस्तो सम्भावना बढेको हो। आइसिसीले सन् २०२७ मा हुने महिला विश्वकप क्रिकेटका केही खेल पोखरामा आयोजना गर्न सक्ने बताएको छ।

यसका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले रंगशाला स्तरोन्नतिमा सहयोग गर्ने आश्वासन दिएका छन्। तर, आइसिसीले रंगशालाको स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने बताएको छ। क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार, रंगशाला स्तरोन्नति गर्न ३ देखि ४ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।
पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुने सम्भावना बढेसँगै यसले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ। साथै, नेपाली क्रिकेटको विकासमा पनि यसले महत्वपूर्ण भूमिका खेल्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link