Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

टोकियोमा हुने १४औं नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा

loading views..
Nepal Telcome

टोकियो १३ मंसिर। जापानको राजधानी टोकियोमा आयोजना हुने १४औं नेपाल फेस्टिभल–२०२४ को तयारी अन्तिम चरणमा पुगेको कुरा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले  जानकारी दिएको हो।
आगामी नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा आयोजना हुने यस फेस्टिभलमा नेपालको धार्मिक, सांस्कृतिक विविधताको प्रदर्शन गरिनेछ। यसका साथै नेपाली उत्पादनहरूको प्रवर्द्धन र नेपाल हाउस निर्माण अभियानलाई थप बल पुर्‍याउने लक्ष्य राखिएको छ।
एनआरएनए जापानका अध्यक्ष नवीन निउरेका अनुसार, फेस्टिभललाई भव्य बनाउन जापानमा रहेका नेपालीहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको छ। विभिन्न समितिहरू गठन गरी कामको बाँडफाँड गरिएको छ भने स्टल बुकिङ, झाँकी तयारी, स्वयंसेवक व्यवस्थापन लगायतका कामहरू अन्तिम चरणमा पुगेका छन्।
फेस्टिभलमा नेपालका विभिन्न जातजातिका भेषभूषा, कला, संस्कृति र परम्परा झल्कने झाँकीहरू प्रदर्शन गरिनेछन्। साथै, नेपाली खानाका स्टलहरू, हस्तकलाका वस्तुहरूको प्रदर्शनी र नेपाली कलाकारहरूको प्रस्तुतिले फेस्टिभललाई थप आकर्षक बनाउने विश्वास आयोजकले लिएको छ।
एनआरएनए जापानका उपाध्यक्ष एवं झाँकी तथा सांस्कृतिक विभागका संयोजक सिद्धार्थ श्रेष्ठले नेपालको धर्म, संस्कृति र रहनसहनलाई प्रवासमा जोगाउन यस्ता फेस्टिभलहरूको महत्वपूर्ण भूमिका हुने बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link