Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

loading views..
Nepal Telcome

काठमाडौं, पुस १४ गते। सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा मानव अधिकार आयोगका पूर्वसदस्य प्रकाश वस्तीको शुक्रबार राति निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
वस्ती लामो समयदेखि न्याय क्षेत्रमा सक्रिय थिए। २०६५ सालदेखि २०७० सालसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशका रूपमा कार्यरत रहेका वस्ती २०७१ देखि २०७७ सम्म मानव अधिकार आयोगको सदस्यका रूपमा पनि कार्यरत रहेका थिए।
न्याय क्षेत्रमा मात्र नभई वस्ती अध्ययन, अनुसन्धान र लेखनमा पनि सक्रिय थिए। उनले न्यायपालिका सुधारका लागि विभिन्न अध्ययन समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
वस्तीको निधनले नेपाली कानूनी क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उनको निधनमा विभिन्न कानूनी क्षेत्रका व्यक्ति तथा संस्थाले शोक व्यक्त गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link