Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६० करोड आइपिओ जारी गर्ने

loading views..
Nepal Telcome

काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको सोमबार बसेको तेस्रो वार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो।

उक्त सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको र अब छिट्टै आईपीओ निष्काशनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ। आईपीओका लागि केहि दिन भित्रै नेपाल धितोपत्र बोर्डमा अनुमति माग्ने र अनुमति लगत्तै आईपीओ जारी गरिने कम्पनीले जानकारी दिएको छ।

सोमबार बसेको इन्स्योरेन्सको साधारणसभाले वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पारित गरेको छ । सोही अवसरमा उक्त सभाले संस्थाको आगामी चार वर्षका लागि सञ्चालक समिति समेत चयन गरेको छ।

नयाँ सञ्चालक समितिमा मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध चयन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link