Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

स्याङ्जाका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, गैरकानूनी लाभको आरोप

loading views..

स्याङ्जा,पुस १६गते। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गर्दै उनीहरूलाई गैरकानूनी लाभ लिएको र सार्वजनिक धनमा हानी पुर्‍याएको आरोप लगाएको छ।

आयोगले पूर्वअध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, र उपभोक्ता समितिका अध्यक्षसहित अन्य १२ जनाले गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको दाबी गरेको छ।

अर्याल नेपाली काङ्ग्रेसका तर्फबाट २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा विजयी भएका थिए। उनले ३,३१९ मत ल्याएर नेकपा (एमाले)का मोहनबहादुर अधिकारीलाई ७८ मतले पराजित गरेका थिए।

आरोपपत्रमा उल्लेख भएअनुसार, अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा पर्ने स्थानीय बजार क्षेत्रको बाटो ढलानका लागि आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विनियोजित बजेटको दुरुपयोग गरिएको थियो। गुणस्तरहीन निर्माणको उजुरीपछि आयोगले अनुसन्धान थालेको थियो।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्