Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

माछापुच्छ्रे गाउँपालिकालाई माओवादी केन्द्रको ज्ञापनपत्र

loading views..
Nepal Telcome

पोखरा, पुस १६ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले आज गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा गाउँपालिकाको विकासका लागि विभिन्न क्षेत्रमा सुधार गर्न माग गरिएको छ।
माओवादीले सडक, पुल, विद्युत्, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा सुधार गर्न जोड दिएको छ। विशेषगरी, बाँदर नियन्त्रण, बन्यजन्तुबाट हुने क्षतिपूर्तिको व्यवस्था, शिक्षकको अवस्था सुधार, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना जस्ता मुद्दाहरूलाई प्राथमिकता दिइएको छ।
ज्ञापनपत्रमा गाउँपालिकाका विभिन्न वडामा सडक, पुल निर्माण, स्वास्थ्य चौकीको सुधार, शिक्षकको दरबन्दी व्यवस्थापन जस्ता मागहरू समावेश छन्। साथै, पर्यटकीय क्षेत्रको विकास, भूमि बैंक निर्माण, एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन पनि जोड दिइएको छ।
माओवादीले जनयुद्धका सहयोगी र घाइतेहरूलाई सम्मान गर्ने र दलित समुदायको सशक्तिकरणका लागि पनि माग गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link