Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रदेश १ मा माओवादीको विजय: प्रचण्ड उत्साहित, आगामी निर्वाचनमा देशव्यापी विजयको दाबी

loading views..
Nepal Telcome

काठमाडौं,पुस १८ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले हालै भएको स्थानीय तहको उपनिर्वाचनमा प्रदेश १ मा उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले उदयपुर जिल्लामा पार्टीले हासिल गरेको सफलतालाई उदाहरण दिँदै देशभर पार्टीको संगठनलाई बलियो बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
“यसपटकको उपनिर्वाचनमा प्रदेश नम्बर १ मा जितेका स्थान र लोकप्रिय मत दुबै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ,” प्रचण्डले भने, “वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभर नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ।”
प्रचण्डले पार्टीमा नयाँ प्रवेश गर्नेहरूलाई स्वागत गर्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link