Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

आरूघाट गाउँपालिकामा भीषण आगलागी, तीन घर जलेर नष्ट

loading views..
Nepal Telcome

गोरखा, पुस २० गते। आरुघाट गाउँपालिका वडा नम्बर १ स्थित स्याम्चेतमा आज साँझ भएको भीषण आगलागीमा परी तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। वडा अध्यक्ष गजे घलेले यो जानकारी गराउनुभएको हो।
घलेका अनुसार, पालिकाको काम परेर उहाँ तल झरेको बेला यो घटना भएको हो। आफू अहिले गाउँतर्फ जाँदै गरेको उहाँले बताउनुभयो। आगलागीमा मानवीय क्षति नभए पनि घरभित्र रहेका धनसम्पत्ति, अन्नबाली र पशु चौपाया पूर्ण रूपमा नष्ट भएको उहाँले जानकारी दिनुभयो।
स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतसिङ लामाको घर जलेर नष्ट भएका छन्।
गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार शनिवार साँझ खाना पकाउन बालिएको आगोबाट नजिकै राखिएको मकैको खोस्टामा सल्किएर आगलागी भएको हो।
प्रहरीले क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link