Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

सर्वेन्द्र खनालले छाडे एमाले, स्वतन्त्र राजनीतिमा केन्द्रित हुने घोषणा

loading views..
Nepal Telcome

काठमाडौं, पुस २१ गते। नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले पार्टी छाडेको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको स्पष्ट पारेका हुन्।
खनालले लेखेका छन्, “हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैँ सक्दो कार्यहरू गरिरहने छु।”
उनले राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्‍याउन र देशलाई महान् बनाउन आफ्नो प्रयास जारी रहने बताएका छन्।
खनालले २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए। ३० वर्षे सेवा अवधि पूरा गरेपछि उनी २०७९ असोज ६ गते नेकपा एमालेमा प्रवेश गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link