Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

रवि लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दाका सबै आरोपी धरौटीमा छुटे

loading views..
Nepal Telcome

पोखरा, पुस २५ गते। कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका सबै आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको छ।

अदालतका न्यायाधीश नीतिज राईको इजलासले रास्वपाका सभापति रवि लामिछाने सहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, आरति गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको हो।

छविलाल जोशी ८८ लाख रवि लामिछानेले ६५ लाख, ​पछाईंले ३७ लाख, रामबहादुरले १५ लाख, कृष्ण गुरुङले १ लाख, मीना गुरुङले ५ लाख र आरति गुरुङले ५ लाख धरौटी बुझाएपछि उनीहरूलाई रिहा गरिनेछ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो। वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दावी गर्दै मुद्दा दायर गरेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link