Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

कास्की पोखरा समाज जापानको छैटौँ अधिवेशन फेब्रुअरी ९ मा हुने

loading views..
Nepal Telcome

टोकियो/जापान,पुस २९ गते। कास्की पोखरा समाज जापानको छैटौँ अधिवेशन आगामी फेब्रुअरी ९ मा हुने भएको छ। २०२५ जनवरी ५ मा समाजका अध्यक्ष सन्देश अधिकारीको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको मिति तय गरेको जानकारी प्रवक्ता कृष्ण अधिकारीले दिए।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी दिनका भावी कार्ययोजना तय गर्नेछ। अधिवेशनलाई भव्य र सभ्य बनाउन सबै तयारी थालिएको महासचिव सरोज कार्कीले बताए। उनले अधिवेशनका दिन जापानमा रहेका सम्पूर्ण कस्केलीहरूलाई सहभागिता जनाउन पनि आग्रह गरेका छन्।

जापानका विभिन्न शहरहरूमा कास्कीबाट आएका नेपालीहरूको ठुलो संख्या रहेको छ। विदेशी भूमिमा रहेर पनि आफ्नो गृह जिल्ला र नेपालकै समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यले कास्की पोखरा समाजको स्थापना गरिएको हो। समाजले धार्मिक, सामाजिक, शैक्षिक, र सांस्कृतिक क्षेत्रको उत्थानका लागि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ।

समाजले यस वर्ष आफ्नो स्थापना कालको १० औँ वर्षगाँठ मनाउँदै प्रथम स्मारिका प्रकाशन गर्ने तयारी गरेको छ। स्मारिका विमोचन सोही दिन हुनेछ। सचिव जीवन पोखरेलले सबैलाई उपस्थित भएर कार्यक्रम भव्य रूपमा सफल बनाउन अनुरोध गरेका छन्।

कास्की पोखरा समाज जापानले विगतदेखि नै कास्कीको विकासका लागि सहकार्य गर्दै आएको छ भने जापानमा रहेका नेपाली समुदायलाई आवश्यक सहयोग पु-याउँदै आएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link