Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

यो अप्राकृतिक सरकार भएकाले अन्ततः ढलि नै हाल्छ, हामीले धेरै बल गर्नै पर्दैन।” : प्रचण्ड

loading views..
Nepal Telcome

काठमाडौं,माघ २ गते। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको आयु लामो नहुने दाबी गरेका छन्।
सिन्धुपाल्चोकको भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले यो सरकार अप्राकृतिक गठबन्धनबाट बनेको हुँदा आफैं ढल्ने बताए। उनले भने, “यो सरकार टिकिराखोस् भन्ने हाम्रो चाहना छैन, यो अप्राकृतिक भएकाले अन्ततः ढलि नै हाल्छ, हामीले धेरै बल गर्नै पर्दैन।”
प्रचण्डले सरकारका गतिविधिहरूले यसको आयु छोट्याइरहेको उल्लेख गर्दै, विशेषगरी सदन नबोलाई अध्यादेशमार्फत काम गर्ने प्रवृत्तिलाई आलोचना गरे। उनले यो सरकारलाई सबैभन्दा कमजोर, निरिह र अलोकतान्त्रिक भन्दै चाँडो सदन सुरु हुनुपर्नेमा जोड दिए।
कांग्रेसभित्रको असन्तुष्टि र सरकारका विभिन्न गतिविधिहरूले यस सरकारको भविष्यमाथि प्रश्न उठेको छ। प्रचण्डको यो भनाइले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याउने देखिन्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link