Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

माओवादी सांसदहरूको माग: ऋषिकेश पोखरेलले राजीनामा दिनुपर्छ

loading views..
Nepal Telcome

काठमाडौं,माघ ८ गते। माओवादीका सांसदहरूले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई राजीनामा दिन आग्रह गरेका छन्। मंगलबार समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र अमनलाल मोदीले सभापति पोखरेललाई नैतिकताको आधारमा पद छोड्न माग गरे।

सांसद दाहालले भने, “सभापतिले प्रतिपक्षीको नेतृत्व गर्न मार्गप्रशस्त गर्नु आवश्यक छ।” यसका साथै सांसद मोदीले पनि सभापतिलाई नैतिकता देखाउन आग्रह गर्दै भने, “म तपाईंको परिवारको विषयमा कुरा गर्दिनँ, तर तपाईंका पीएको बारेमा उठेका विषयहरू छन्। लेखा समितिको सभापति प्रतिपक्षीको हुनुपर्छ। त्यसैले नैतिकताको आधारमा राजीनामा दिनुस्।”

पोखरेलमाथि विपक्षी दलको नेतृत्वको मर्मअनुसार काम नगरेको आरोप लागेको छ। माओवादी सांसदहरूले समितिको सभापति प्रतिपक्षी दलका व्यक्तिले मात्र सम्हाल्नुपर्ने माग गर्दै थप स्पष्टता ल्याउन आग्रह गरेका छन्।

यो विषयमा सभापति पोखरेलको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link