Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

स्याङ्जाको अर्जुनचौपारीमा आगलागी, लाखौंको क्षति

loading views..
Nepal Telcome

स्याङ्जा, माघ १० गते। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ गैराथरमा गोठमा आगलागी हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ। गोठका चौपायाहरूलाई कुँडो पकाउने क्रममा आगलागी भएको बताइएको छ।

स्थानीय सूर्यप्रसाद पौडेलको दुईतले जस्ताको छानो भएको गोठमा लागेको आगलागीले चौपायाहरूमा क्षति पुर्‍याएको छ। साथै, गोठमा रहेको अन्दाजी २० भारी पराल जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन करिब आठ लाख रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो।

प्रहरीका अनुसार आगलागीबाट एउटा भैंसी, एउटा भैंसीको पाडो, र दुईवटा बाख्रा मरेका छन् भने एउटा गोरु घाइते भएको छ। स्थानीयबासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ।

हालसम्म घटनामा कुनै मानवीय क्षति नभएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link