Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ब्रेकथ्रु

loading views..
Nepal Telcome

चितवन,माघ ११ गते। भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले ०७९ साल  भदौदेखि भरतपुरमा काम सुरु गरेको थियो । परीक्षण स्वरुप प्रशारण गरिएको विद्युत भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, जिल्ला प्रहरी कार्यालयमा आपूर्ति भएको नेपाल विद्युत प्राधिरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
ब्रेकथ्रुपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने अवधारणा अनुसार भूमिगत विद्युतिकरणको कार्यलाई उच्च प्रथामिकतामा रहेको उल्लेख गर्नुभयो । अहिले तारहरु लत्रिएको, ठुलाको संख्यामा रहेका पोलहरु हट्दा महानगरको सौन्दर्यतामा वृद्धि भएर जाने बताउनुभयो ।
पहिलो चरण अन्र्तगत भरतपुरका मुख्य सडक खण्डमा गरिएको कार्यले महानगरलाई स्मार्टका साथै सहज विद्युत आपूर्तिमा सहयोग पुग्ने उहाँको भनाई थियो ।
महानगरपालिकामा भौतिक पूर्वाधार विकासको कार्य तीब्र रुपमा भएसँगै काठमाडौँपछि भरतपुरमा यो परियोजना पहिलो पटक सुरु भएको प्रमुख दाहालको भनाई छ ।
भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम भइरहेको छ । भूमिगत विद्युतिकरण ११ केभी लाईन जडान भई अन्य फिडरमा पनि जडान हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाका ईन्जिनियर राजेन्द्र पौडेलका अनुसार अहिले ३३ केभीको काम सम्पन्न भई ११ केभी जडानको कार्य तीब्र रुपमा अघि बढेको छ । १ महिनाभित्र ६ वटा फिटरबाट विद्युत आपूर्तिको कार्य पुरा हुनेछ भने ६ महिनाभित्र १७ वटै फिडरको काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । भूमिगत विद्युतिकरणसँगै ईन्टरनेट फाईबर बिछ्याउने कार्य पनि अघि बढी रहेको छ। अबको ६ महिनापछि सबै पोलहरु हटाइने छ। सबै विद्युतिय संरचनामा भूमिगत विद्युतबाट विद्युत प्रशारण हुने आयोजनाले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link