Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

अमेरिकी सहयोग रोकियो, नेपालका विकास परियोजनामा धक्का

loading views..

काठमाडौं,माघ १४ गते। अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै विकास परियोजना तत्कालका लागि स्थगित गरेको छ। अमेरिकाले तीन महिनाका लागि विदेशी अनुदान रोक्ने निर्णय गरेसँगै यो निर्णय आएको हो।
यस निर्णयले स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिजस्ता विभिन्न क्षेत्रमा सञ्चालित परियोजनाहरू प्रभावित हुनेछन्। गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार यसले नेपालको विकास प्रक्रियामा ठूलो अवरोध पुग्न सक्छ।
विज्ञहरूका अनुसार यसले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्छ र विकासका लक्ष्य हासिल गर्न थप चुनौती थप्न सक्छ। नेपाल सरकारले यस परिस्थितिलाई कसरी सम्बोधन गर्नेछ भन्ने कुरा आगामी दिनहरूमा हेर्न बाँकी छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्