Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

सोनाम ल्होछारको अवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

loading views..
Nepal Telcome

काठमाडौं,माघ १७ गते। नेपालका आदिवासी जनजाति समुदायले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा उनले सोनाम ल्होछारलाई श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वको रूपमा चित्रण गर्दै नेपाली समाजको सामाजिक एकता, धार्मिक सहिष्णुता, र राष्ट्रिय समुन्नतिको प्रतीक भएको बताएका छन्। यस अवसरमा उनले समुदायबीचको पारस्परिक सम्मान, राष्ट्रिय एकता, र समावेशी पहिचानको महत्वलाई उजागर गरेका छन्।

नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकतालाई संस्थागत गरेको उल्लेख गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक विविधताको सम्मान गर्दै आएको स्मरण गराएका छन्। साथै, ल्होछार पर्वले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति, सामाजिक न्याय, दिगो विकास, र आर्थिक समृद्धितर्फ प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

अन्त्यमा, उनले सम्पूर्ण नेपाली जनतामा सोनाम ल्होछारले सुख, शान्ति, समृद्धि, र आपसी सद्भावको भावना बढाउने शुभेच्छा व्यक्त गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link