Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

नेकपा (एकीकृत समाजवादी) का चितवनका सम्पुर्ण कमिटिनै माओवादी केन्द्रमा प्रवेश

loading views..
Nepal Telcome
नदीपुर दुध

चितवन, माघ १९ गते।नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश सदस्य कृष्णराज न्यौपाने (लब्ली) को नेतृत्वमा सयौं नेता तथा कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। स्मरणीय छ, न्यौपाने विगतमा रेणु दाहाल पहिलो पटक चितवनको मेयर बन्दै गर्दा विवादास्पद मतपत्र  घटनामा संलग्न भएका थिए।भबिष्यमा मेयरको उम्मेदवारको रुपमा भित्रभित्रै टुङ्ग्याइएको चर्चा समेत चितवन माओबादीमा गाँइगुई सुनिएको छ।जनताको बिचमा निक्कै लोकप्रिय रहेका न्यौपाने माओबादी प्रबेशले एमालेजनमा खैलाबैला मच्चिएको छ।

एमालेमा दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भइसकेका उनी हालसम्म एकीकृत समाजवादीका बागमती प्रदेश सदस्य थिए।

माओवादी प्रवेश गर्ने अन्य प्रमुख नेताहरूमा चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरू राजेन्द्र कँडेल, किरण श्रेष्ठ, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, विष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू रहेका छन्।

अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीको विचार र सिद्धान्त अनुसार जनताको सेवामा लाग्न निर्देशन दिएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link