Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

माओवादी केन्द्रको छ महिने अभियान फागुन ३ देखि : हुलाकी राजमार्ग हुँदै सगरमाथा फेदीसम्म

loading views..
Nepal Telcome

विराटनगर, माघ २० गते। नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन ३ गते झापाको कचनकवल गाउँपालिकाबाट हुलाकी राजमार्ग केन्द्रित छ महिने अभियान सुरु गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुरूप देशव्यापी रूपमा सञ्चालन गरिने यो अभियान हुलाकी राजमार्ग हुँदै महाकाली पुग्ने छ। त्यसपछि अभियान मदन भण्डारी राजमार्ग हुँदै सोलुखुम्बुको सगरमाथा फेदीमा पुगेर समापन हुनेछ।

यस अभियानका लागि माओवादी केन्द्र झापाको पाँचौँ पूर्ण बैठकले कार्यविभाजन गरिसकेको छ। बैठकपछि पार्टीका जिल्ला सचिव मोहन टुडू ले कार्यकर्ता परिचालन तथा गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने कार्य अघि बढिरहेको जानकारी दिए।

पार्टीका उपमहासचिव हरिबोल गजुरेल ले पार्टीलाई मजबुत बनाउन नेता–कार्यकर्ता रुपान्तरण हुनु आवश्यक रहेको बताए। उनले नीतिगत त्रुटिका कारण पार्टी कमजोर बनेको उल्लेख गर्दै सुधारको आवश्यकतामा जोड दिए।

बैठकमा केन्द्रीय सदस्य धर्मशीला चापागाईंले पार्टीले पूर्वी नेपालप्रति थप ध्यान दिनुपर्ने बताइन्। अर्का केन्द्रीय सदस्य इन्द्र आङ्बो ले पछिल्लो समय माओवादी केन्द्रप्रति जनाधार बढिरहेको दाबी गर्दै उत्पादन र रोजगारीको क्षेत्रमा पार्टीले काम गर्नुपर्ने आवश्यकता औंल्याए।

यो अभियानले संगठनलाई बलियो बनाउने तथा जनसमुदायसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link