Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेकपा प्रचण्ड समूहले केन्द्रीय सदस्यहरुलाईबोलायो

loading views..
Nepal Telcome

नेकपाका केन्द्रीय सदस्यलाई नागरिकतासहित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा अनिबार्य उपस्थिति हुन निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयबाट बिहीबार सबै केन्द्रीय सदस्यहरुलाई एसएमएसद्धारा सन्देश पठाई शुक्रबार १२ बजेभित्र नागरिकताको सक्कलसहित केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनेको केन्द्रीय सदस्य निरज आचार्यले बताए ।

राजधानीमा भएका र राजधानी बाहिर भएका सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई भोलि शुक्रबार अनिवार्यरुपमा केन्द्रीयय कार्यलय पेरिसडाँडा उपस्थितहुन निर्देशन दिएको छ।

‘सबै केन्द्रीय सदस्यहरुलाई भोलि मध्यान्ह १२ बजेसम्म केन्द्रीय कार्यालयमा उपस्थित हुन एसएमएस गरिएको छ,’ केन्द्रीय सदस्य खगराज भट्टले भने, ‘म आज धनगढीमा छु । आज पार्टी केन्द्रीय कार्यलयबाट काठमाडौं आउन खबर आएको छ । भोली काठमाडौं आउदै छु । किन बोलाएको हो त्यो कुरा भने खुलाएको छैन । सायद निर्वाचन आयोगको लागि हो कि ?’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link