Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशन भोलि पोखरामा हुने

loading views..
Nepal Telcome

पोखरा,माघ २० गते। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशन भोलि माघ २१ गते सोमबार पोखरामा हुने भएको छ। अधिवेशनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रमुख अतिथि रहनुहुनेछ।

कार्यक्रम दिउँसो २:०० बजे पोखराको सिल्भर प्लेट पार्टी प्यालेसमा  हुनेछ। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले अधिवेशनमा सहभागिताका लागि पत्रकार, शुभेच्छुक तथा सम्बन्धित व्यक्तिहरूलाई सादर निमन्त्रणा गरेको छ।

कार्यक्रमका लागि प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्ले र महासचिव सन्तोष गौतमले आवश्यक तयारी भइरहेको जानकारी दिएका छन्।

प्रेस सेन्टर नेपालले पत्रकारिता क्षेत्रको समृद्धि, श्रमजीवी पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणमा निरन्तर कार्य गर्दै आएको छ। आगामी अधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने, संगठन सुदृढीकरण गर्ने तथा भावी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link