Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

राजु तथा सन्देश स्मृति दोस्रो फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी बजार हट युवा क्लबलाई

loading views..
Nepal Telcome
नदीपुर दुध

डि. बि. तामाङ / गोरखा,माघ २० गते। राजु तथा सन्देश स्मृति दोस्रो 7 A Side खुल्ला फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी बजार हट युवा क्लब गोर्खाले उचालेको छ। माघ १५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न गाउँपालिका तथा नगरपालिकाका २७ युवा क्लबहरू सहभागी भएका थिए।फाइनल खेलमा लक्ष्मी बजार हट युवा क्लबले न्यु सहयात्री युवा क्लब सिरानचोकलाई पराजित गर्दै उपाधि जित्यो। विजेता टिमले नगद रु १ लाख १० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता टिमले नगद रु ७० हजार सहित मेडल र प्रमाणपत्र हात पार्‍यो।

खेल समापन समारोहमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले खेलकुद क्षेत्रले व्यावसायिक सम्भावना बढाएको बताउँदै राम्रो खेलाडीलाई आर्थिक अभावले पछि हट्न नपर्ने धारणा व्यक्त गरे। उनले खेलकुद क्षेत्रको प्रवर्द्धनमा सरकारको सहयोग रहने उल्लेख गर्दै आफू समन्वयकारी भूमिका खेल्न तत्पर रहेको बताए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न शीर्षकमा पुरस्कृत गरिएको थियो। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी लगायत विधामा विशेष पुरस्कार वितरण गरिएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link