Skip to content
Pokharapress Logo
२९ भाद्र २०८३, सोमबार

पाँच दिनमै खरबपति क्लबमा निफ्रा

loading views..
Nepal Telcome

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बजार पुँजीकरण १ खर्ब नाघेको छ । बिहिबार निफ्राको बजार पुँजीकरण १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ पुगेको हो । यससंगै निफ्राले सबैभन्दा छिटो खर्बपति क्लबमा प्रवेश गरेर ऐतिहासिक रेकर्ड कायम गरेको छ।

नेप्सेका अनुसार आइतबारदेखि कारोबार शुरू भएको बैंकले पाँच दिनमै बजार पूँजीकरण १ खर्ब बढी पुर्‍याएर नयाँ रेकर्ड बनाएको हो। इन्फ्रास्ट्रक्चर बैंक नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने पहिलो बैंक बनेको छ। यसअघि नेपाल पुनर्बीमा कम्पनीकोबजार पूँजीकरण पाँच महिनामा १ खर्ब रुपैयाँ नाघेको थियो ।

पहिलो दिन आइतबार प्रति कित्ता ३४० रुपैयाँमा कारोबार खुलेको निफ्राको हरेक दिन शेयर मूल्यमा सकरात्मक सर्किट अर्थात् शेयर मूल्य दैनिक १० प्रतिशतले बढेको छ। आज बिहीबार बैंकको शेयर मूल्य प्रतिकित्ता ५४६ रुपैयाँ पुगेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link