Skip to content
Pokharapress Logo
३ चैत्र २०८२, मंगलवार

इच्छाकामनामा कुकुर आतंक: सतर्क रहौं, सुरक्षित रहौं!

loading views..

चितवन,माघ २५ गते। इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ, डाँडा गाउँ, पिपलडाँडा, धुषा लगायतका क्षेत्रमा एक उग्र कुकुरको आतंक फैलिएको छ। रेबिज लागे जस्तो लक्षण देखिएको उक्त कुकुरले हिजो मात्रै ३ जना मानिस, ५ वटा कुकुर, १ बिरालो र ३ वटा कुखुरा टोकेको थियो।

आज पनि सोही कुकुरले २ जना मानिस र १ कुकुरलाई टोकेको पुष्टि भएको छ। दिउँसो उक्त कुकुर गण्डकी गाउँपालिका–६ मा एकजनालाई टोकेर पुनः फिस्लिङ हुँदै धुषा तर्फ गएको देखिएको छ।

स्थानीयलाई सतर्कता अपनाउन आग्रह

हालसम्म कुकुर नियन्त्रणमा आउन सकेको छैन, जसका कारण त्रास बढेको छ। स्थानीय प्रशासन र सरोकारवालाहरू कुकुरलाई नियन्त्रणमा लिन प्रयासरत छन्।

त्यसैले, उक्त क्षेत्रका बासिन्दालाई कुकुर नियन्त्रणमा नआउँदासम्म सतर्क रहन र सुरक्षाका उपाय अपनाउन अनुरोध गरिन्छ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्