Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अध्यादेश पारित गराउन उपेन्द्रको ओलीसँग बार्गेनिङ

loading views..
Nepal Telcome

काठमाडौं,माघ २५गते। प्रतिनिधिसभामा कमजोर उपस्थिति भए पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनेको छ। ओली सरकारद्वारा जारी अध्यादेश पारित गराउन जसपाको समर्थन अनिवार्य भएकाले अहिले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा जसपालाई फकाउने प्रयासमा छन्।

यस स्थितिलाई जसपाले मधेसदेखि केन्द्रसम्म सत्ता साझेदारीको बार्गेनिङ टुल बनाएको छ। जसपा स्रोतका अनुसार मधेस प्रदेशको नेतृत्व र केन्द्र सरकारमा उपप्रधानमन्त्रीसहित दुई मन्त्रालयको माग राखिएको छ।

सरकारले आइतबार संसदमा अध्यादेश पेश गर्ने तयारी गरिरहेको छ, भने जसपाले पनि त्यसअघि आफ्नो निर्णय लिने संकेत गरेको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link