Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

कास्की पोखरा समाज जापानको छैठौं अधिवेशन सम्पन्न

कमल बास्तोला अध्यक्ष र जीवन पोखरेल महासचिव चयन

loading views..
Nepal Telcome

टोकियो, जापान माघ २८ गते। जापानको राजधानी टोकियोमा कास्की पोखरा समाजको छैठौं अधिवेशन तथा पहिलो स्मारिकाको विमोचन भव्य रूपमा सम्पन्न भएको छ। जापानस्थित नेपाली राजदूत डा. दुर्गा बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष रबिन शेरचन विशेष अतिथिको रूपमा उपस्थित थिए।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै कमल बास्तोलालाई अध्यक्ष, जीवन पोख्रेल लाई महासचिव, तथा अन्य २५ जना सदस्यहरूलाई विभिन्न पदमा चयन गरेको छ। करिब २०० जनाको उपस्थिति रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले कास्की पोखरा समाजको योगदानको प्रशंसा गरे।

संस्थाका निर्वतमान अध्यक्ष संदेश अधिकारीले आफ्नो कार्यकालमा समाजले हासिल गरेका उपलब्धिहरूलाई उजागर गर्दै आगामी नेतृत्वलाई निरन्तरता दिन आग्रह गरे। त्यस्तै, वर्तमान उपाध्यक्ष सरोज कार्कीले समाजले जापानमा नेपाली समुदायलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

नवनिर्वाचित अध्यक्ष कमल बास्तोलाले समाजको आगामी योजनाबारे जानकारी दिँदै, विशेषगरी जापानमा रहेका कस्केलीहरू लगायत सम्पूर्ण नेपालीहरूको हितमा काम गर्नुको साथै नेपाल तथा कास्की पोखराको पर्यटन बिकाशमा खटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम, तथा समाजका गतिविधिहरूको झलक प्रस्तुत गरिएको थियो। कास्की पोखरा समाज जापानलाई निरन्तर सहयोग गर्ने NRNA ICC का उपाध्यक्ष रोबिन शेरचन ज्यु,थकाली सेवा समिती अध्यक्ष बुद्दी गौचन ज्यु , सुरेश लामीछानेज्यु लगायतलाई सम्मान गरीएको थियो ।
अध्यक्ष :कमल बास्तोला
उपाध्यक्ष: मनोज तिवारी
:बिष्णु प्रसाद भण्डारी(बिसु)
:दिपक सुनार
:सरोज कार्की
महासचिब: जिबन पोखरेल कन्चन
सचिब:तोयानाथ ढकाल
गोबिन्द पौडेल (अनिस)
कोसाध्यक्ष: कुल प्रसाद बास्तोला
सह कोसाध्यक्ष :सुर्य कडेल
:दिलीप पन्डित
युवा सम्योजक :सुमन कुवँर
महिला सम्योजक:सुनिता बन्जरा
सदस्य :लक्ष्मी कार्की
कबिता तिवारी
बिजय गुरुङ
खगराज ढुङ्गाना
नगेन्द्र सुबेदी
राम गुरुङ
बिन्दु राज सापकोटा
युबराज सुबेदी
सुन्दर बराल
रुद्र प्रसाद शर्मा
सुर्य लामिछाने
नबिन सुबेदी
उदय सुबेदी

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link