Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

जनयुद्धका महान सहिद भोजराज घिमिरे बेदनाको २३औं स्मृति सभा सम्पन्न

loading views..
Nepal Telcome

धनबहादुर गुरुङ/गोरखा, माघ २९ गते। जनयुद्धका महान सहिद भोजराज घिमिरे बेदनाको २३औं स्मृति सभा सम्पन्न भएको छ। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज अमर तमुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।

सभामा प्रमुख अतिथि तमुले जनयुद्धको क्रममा सैनिकहरूले घेरा हालेर सहिद भोजराज घिमिरेको हत्या गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले नेपाल प्रहरीलाई जितिसकेका थियौं, नेपाली सेनालाई पनि जित्दै थियौं। तर, विश्वका शक्तिशाली राष्ट्रहरूले हामीलाई नियालिरहेका थिए। जब अमेरिकामा ह्वाइट हाउस माथि आक्रमण भयो, त्यसपछि अमेरिकी सैनिक नै नेपालमा बसेका थिए। अमेरिकी साम्राज्यवादी सेना र भारतीय विस्तारवादी शक्तिहरूको निगराहानी हामीमाथि थियो।”

त्यस्तै, नेता तमुले चुनवाङ विस्तारित बैठकपछि जनयुद्धलाई संविधान सभाको एजेन्डामा परिणत गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “संविधान सभाबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्नु हाम्रो मूल दायित्व हो। गणतन्त्र स्थापना भएको छ, एकात्मक शासन ढलेको छ। यी नै हाम्रा राजनीतिक उपलब्धिहरू हुन्। माओवादीले आन्दोलन त्यागेको होइन, परिवेश फरक भएकाले फरक ढंगले संघर्ष गरिरहेका छौं।”

स्मृति सभामा सहिद भोजराज घिमिरेका छोरा निर्माण घिमिरे तथा सहिद भीमसेन पोखरेलका दाजु रुद्र पोखरेलले मन्तव्य राख्नु भएको थियो।

नेकपा (माओवादी केन्द्र) सिरानचोक गाउँपालिकाका पार्टी अध्यक्ष शम्भु प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य भगवती तिवारी, प्रदेश सदस्य तथा सिरानचोक गाउँपालिका इन्चार्ज नवराज पुडासैनी, प्रदेश सदस्य सारदा घिमिरेल गायतको उपस्थिति रहेको थियो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link