Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखरामा ३०औं जनयुद्ध दिवसको अवसरमा विचार गोष्ठी आयोजना हुँदै

loading views..
Nepal Telcome

बद्री आचार्य(विपिन) पोखरा, माघ २९गते। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, कास्कीको आयोजनामा ३०औं जनयुद्ध दिवसको अवसरमा “जनयुद्ध, सत्य निरुपण र मेलमिलाप (टिआरसी)” विषयक विचार गोष्ठी आयोजना गरिने भएको छ।

ह्वाइट हाउस पार्टी प्यालेस, सिर्जनाचोकमा आयोजना हुने गोष्ठीमा संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। देवकोटाले जनयुद्धको पृष्ठभूमि, यसका उपलब्धिहरू, सत्य निरुपण तथा मेलमिलाप आयोगको वर्तमान अवस्था र यसको आवश्यकताबारे प्रकाश पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि एवं वक्ताका रूपमा पूर्व शिक्षामन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव दिनानाथ शर्माको उपस्थिति रहनेछ। उहाँले जनयुद्धको सान्दर्भिकता, त्यसको योगदान तथा नेपालमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउने अभिभारा अन्तर्गत सत्य निरुपण र मेलमिलापको महत्त्वबारे चर्चा गर्नुहुनेछ। साथै, जनयुद्धले नेपाली समाजमा ल्याएको परिवर्तनको मूल्यांकन गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने विषयमा उहाँले प्रकाश पार्ने अपेक्षा गरिएको छ।

गोष्ठीमा विस्तृत शान्ति सम्झौता, संघीय गणतन्त्रात्मक संविधानको मूल मर्म र भावना अनुरूप सबै पक्षहरू इमानदार हुनुपर्ने आवश्यकता पनि उठान गरिनेछ। आयोजकका अनुसार, जनयुद्धले ल्याएको परिवर्तन र त्यसको संरक्षणका विषयमा गम्भीर छलफल हुने कार्यक्रममा सम्पुर्णलाई उक्त बिचार गोष्ठीमा आउन अनुरोध गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link