Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

सिरानचोक गाउँपालिका वडा नं ४ मा निःशुल्क आँखा शिविर सम्पन्न

loading views..
Nepal Telcome
नदीपुर दुध

धनबहादुर गुरुङ/गोरखा,फागुन ४ गते।सिरानचोक गाउँपालिका वडा नं ४ को चोरकाटे आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित निःशुल्क आँखा शिविरमा १६१ जनाले आँखा जाँच गराएका छन्। यस शिविरमा १७ जनालाई मोतिबिन्दुको समस्या देखिएको छ भने ५८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ। बाँकी बिरामीहरूलाई सामान्य सल्लाह सहित औषधि बितरण गरिएको छ।

सिरानचोक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले बताए अनुसार, मोतिबिन्दु भएका १७ जना बिरामीलाई फाल्गुन ५ गते भरतपुर आँखा अस्पताल लगिएको छ भने ६ गते उनीहरूको निःशुल्क सल्यक्रिया (सर्जरी) गरिनेछ। उनले यस शिविरले दृष्टि समस्या भएका बिरामीहरूलाई ठूलो राहत दिएको बताए।

श्रेष्ठले मोतिबिन्दुको प्रमुख कारणहरूमा नियमित आँखा जाँच नगर्नु, वातावरणीय प्रदूषण, धेरै समय मोबाइल र टिभी हेर्नु, र उचित उज्यालोको अभावलाई जनाए। उनले उमेर बढेसँगै आँखा जाँच गराउनुपर्ने आवश्यकता बताए।

यो शिविर सिरानचोक गाउँपालिका, नेत्र ज्याेति संघ र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न भएको हो। गाउँपालिका वडा नं ४ का अध्यक्ष भरत हमालले यस्ता शिविरहरू वर्षमा २-३ पटक नियमित रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिए। उनले बिरामीहरूलाई भरतपुर लगेर सर्जरी गराएपछि सिरानचोक फर्काउने जिम्मेवारी गाउँपालिकाले लिने बताए।

गत दुई महिना अघि सिरानचोकमा आयोजित एउटै प्रकारको शिविरमा ९८ जनाको निःशुल्क सर्जरी गरिएको थियो। यसले स्थानीय जनतालाई ठूलो राहत दिएको छ।

यसरी निःशुल्क आँखा शिविरहरूले ग्रामीण क्षेत्रका बिरामीहरूलाई आँखा सम्बन्धी समस्याबाट मुक्ति दिलाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link