Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नेपाल रेडक्रस सोसाइटी हर्मी उपशाखाको १४औं साधारण सभा सम्पन्न

loading views..
Nepal Telcome

गोरखा,फागुन ७ गते। नेपाल रेडक्रस सोसाइटी हर्मी उपशाखाको १४औं साधारण सभा तथा पाँचौं अधिवेशन हालै सम्पन्न भएको छ। कार्यक्रममा सिरानचोक गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जगदीश्वर ढकाल प्रमुख अतिथि थिए।
प्रमुख अतिथि ढकालले रेडक्रस सोसाइटी नितान्त सामाजिक संस्था भएको बताउँदै यहाँ फराकिलो मन भएका व्यक्तिहरू मात्र हुनुपर्ने विचार व्यक्त गरे। उनले भने, “यो संस्था सामाजिक संस्था हो, यहाँ १० जनासँग मागेर एकजनालाई सहयोग गर्नुपर्छ। यस्तो फराकिलो मन भएको मान्छे मात्र यस्तो संस्थामा रहनुपर्छ।”
कार्यक्रमका विशेष अतिथि तथा जिल्ला शाखा गोर्खाका सभापति भीमसेन काजी बानियाले रेडक्रस सहयोगी संस्था भएको बताए। उनले भने, “हामी वा जिल्ला शाखा भनेको रुख हो, तपाईं भनेको रुखको जरा हुनुहुन्छ। तपाईहरुको आधारमा रेडक्रस सोसाइटी गोर्खा शाखा अडिएको छ।” जिल्लाभरि २२ वटा उपशाखा रहेको र ती सबै सम्पत्ति भएको उनले बताए।
अधिवेशनमा सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गरियो।
अधिवेशनले धनबहादुर तामाङको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा रमा सापकोटा, सचिवमा दुर्गाप्रसाद पोखरेल, सहसचिवमा लक्ष्मी पराजुली, कोषाध्यक्षमा जुम्म दिन मिया र सहकोषाध्यक्षमा शोभा ढकाल रहेका छन्।
कार्यक्रममा जग्गादाता तथा एसेस्कर सदस्य जीवन ज्योति ढकाल, निवर्तमान जिल्ला सदस्य ईश्वरप्रसाद ढकाल र हर्मी उपशाखाका निवर्तमान सभापति रामप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link