Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रचण्डको दाबी : प्रत्यक्ष निर्वाचित कार्यकारीले मात्र सुशासन र स्थायित्व ल्याउँछ

loading views..
Nepal Telcome

पोखरा, फागुन ९ गते। पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सक्ने बताउनुभएको छ। शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने पक्षमा आफूहरू रहेको उल्लेख गर्नुभयो।
प्रचण्डले कांग्रेस र एमालेलाई २०८४ को निर्वाचनमा गठबन्धन गरेर प्रतिस्पर्धा गर्न चुनौती दिँदै भने, “हामी एक्लै जनताको तागतमा लड्छौँ। जनतालाई एकताबद्ध भएर आफ्नो शक्ति देखाउन अपील गर्छु।” उहाँले उत्पीडित वर्ग र जातिको पक्षमा आफ्नो पार्टीको संघर्ष जारी रहेको बताउँदै अब वर्गीय आन्दोलनमा फर्किने दृढता व्यक्त गर्नुभयो।
कार्यक्रममा माओवादी महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय प्रश्नसँग जोडिएको बताउँदै समाजवादले मात्र यस्ता समस्या समाधान गर्न सक्ने धारणा राख्नुभयो। उहाँले एमालेलाई सामन्तवादको प्रतिनिधि भन्दै समाजवादी नेतृत्व माओवादीले मात्र गर्न सक्ने दाबी गर्नुभयो।
यस्तै, पूर्वसभामुख ओनसरी घर्तीले माओवादीको संघर्षबाट उत्पीडित समुदायले अधिकार पाएको उल्लेख गर्दै जनयुद्धका उपलब्धी जोगाउन र प्रचण्डमाथिको हमलाविरुद्ध लड्नुपर्ने बताउनुभयो। उहाँले प्रचण्डलाई आदिवासी जनजातिको अभिभावक र आन्दोलनको नेतृत्वकर्ताको रूपमा प्रस्तुत गर्नुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link